समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी उक्लियो तेस्रो स्थानमा



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ। मतगणनाको प्रारम्भदेखि नै तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी अहिले समानुपातिकतर्फ चौथो स्थानमा पुगेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७३१ मतसहित शीर्ष स्थानमा रहँदा नेपाली कांग्रेस १८ लाख २९ हजार ७९१ मतसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख एक हजार ५२४ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३२० मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख १० हजार ६८० मत पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्