रुपन्देहीबाट प्रदेशसभामा एमालेका चौधरी विजयी



बुटवल। रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र–३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्।

नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।

एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन्। रुपन्देही३ (१) मा लोसपाका सन्तोष पाण्डे निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्