गृहमन्त्री खाण राप्रपाको बोहोरासँग पराजित



काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एव‌म् सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन् ।

रुपन्देही-३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए। खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए। बोहरालाई एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस्