लघु बीमाका लागि ७ कम्पनी घोषणा



काठमाडौं । लघु बीमाका लागि ७ कम्पनी छनोट भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सका लागि ७ कम्पनी छनोट भएको जानकारी दिएको हो । प्राधिकरणको सूचना अनुसार लघु जीवन बीमा व्यवसायतर्फ ३ वटा कम्पनी र लघु निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनी लाइसेन्सका लागि छनोटमा परेका छन् ।

क–कसले पाउने भए लाइसेन्स ?

लघुजीवन बीमा व्यवसाय
१.गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. विराटनगर ७ मोरङ, प्रदेश १ ।
२.क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश
३.लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. पोखरा ८ कास्की, गण्डकी प्रदेश

लघु निर्जीवन बीमा व्यवसाय
१.ट्रष्ट माइक्रो इन्स्योरन्स क.लि. बुटवल २ रुपन्देही, लुम्बिनी प्रदेश
२.नेपाल माइक्रो इन्स्योरेन्स क.लि. भरतपुर १ चितवन, वागमती प्रदेश
३.स्टार माइक्रो इन्स्योरेन्स क.लि. जनकपुरधाम धनुषा, मधेश प्रदेश
४.प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. धनगढी ३ कैलाली, सुदूरपश्चिम प्रदेश छनोट भएका छन् ।
प्राधिकरणले गत २०७९ भदौ १० गए ३५ दिने सूचना जारी गर्दै सात वटा प्रदेशमा १\१ वटा लघुबीमा कम्पनी रहनेगरी ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको दरखास्त आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्