७ दिनमा ४ अर्बले बढ्यो बैंकिङ निक्षेप



काठमाडौं । गएको साता दिनमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६२ अर्ब रूपैयाँ पुर्याएका छन् ।

यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् मंसिर २ गतेसम्ममा बैंकहरुले ४५ खर्ब ५८ अर्ब रूपैयाँ संकलन गरेका थिए । यस्तै समीक्षा अवधिमा बैंकहरुले तीन अर्बले कर्जा लगानी बढाएको संघको रिपोर्टले देखाएको छ ।

मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब लगानी गरेकामा बैंकहरुले मंसिर ९ गतेसम्म अर्थात् साता दिनमा ३ अर्ब रूपैयाँले कर्जा विस्तार गर्दै ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् । समग्रमा कात्तिक मसान्तको तुलनामा मंसिर लागेपछि बैंकहरुले १ अर्ब रूपैयाँले निक्षेप गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्