प्रधानमन्त्री बन्न आफूलाई सहयोग गर्न नेपाललाई पौडेलको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए ।

कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ । माधवकुमार नेपालनिकट स्रोतका अनुसार कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढेको भन्दै पौडेलले सहयोग मागेका थिए । पाँचदलीय गठबन्धनबाट सरकारको नेतृत्वका लागि आफूलाई सहयोग गर्न पौडेलले आग्रह गरेको बताइएको छ ।

कांग्रेस पार्टी मिलाएर आएमा आफूले समर्थन गर्ने नेपालले जवाफ दिएको बताइएको छ । अहिले प्रधानमन्त्रीको दाबी गरिरहेको पुस्तामा पौडेलमात्रै प्रधानमन्त्री नबनेकाले कांग्रेसले अगाडि सारेमा एकीकृत समाजवादीले समर्थन गर्ने नेपालले जवाफ दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्