तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसैगरी यसअघि प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज ९७ हजार रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्