घुस लिँदालिँदै पक्राउ परेका डीएसपीलाई छोड्न आदेश



काडमाडौं : बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै  पक्राउ परेका  भनिएका महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालीन प्रमुख डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ । 

विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो । 

राई असोज २० मा आफ्नै कार्यालयबाट घुस रकमसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्