विजयकुमार गच्छदार भगवती चौधरी भन्दा ४ हजार बढि मतले पछाडि



सुनसरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ । यति मत गन्दा भगवतीले अग्रता कायम राखेकी छन् । भगवतीले ३० हजार १५५ मत पाएकी छन् । भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २५ हजार ९४५ मत पाएका छन् ।

भगवती गच्छदारभन्दा ४ हजार २१० मतले अगाडि छन् । यहाँ अझै ६ वटा वडाका ३० हजार भन्दा कम मतगणना गर्न बाँकी छन् । समानुपातिक र प्रदेशतर्फको पनि मतगणना भइरहेको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्