चिकित्सा शिक्षा : पिजीको एकीकृत प्रवेश परीक्षा पुस २ देखि (विवरणसहित)



काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म संचालन हुनेछन्।

परीक्षा सुरू हुने मितिभन्दा ५ दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन्।

परीक्षाहलमा प्रवेश गर्न परीक्षार्थीले नेपाली नागरिकताको (प्रमाणपत्र सक्कल) विदेशी परीक्षार्थीको हकमा पासपोर्ट र निजले अनलाइन आवेदनसंग पेश गरेको सक्कलै कागजात लिएर आउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्