आईएमएस कलेजमा हल्ट प्राइजको अभिमुखीकरण कार्यक्रम सम्पन्न



काठमाडौँ । विद्यार्थीहरूका लागि महत्वपूर्ण मानिने हल्ट प्राइज प्रतियोगिता यस वर्ष रिडिजाइनिङ फेसन भन्ने नाराका साथ आईएमएस कलेजमा सुरुभएको छ।

हल्ट प्राइज अन्तर्गतको पहिलो चरण अन–क्याम्पस इभेन्टको अभिमुखीकरण कार्यक्रम क्याम्पस निर्देशक विकेश अधिकारी र उनको १३ सदस्यीय आयोजक समितिद्वारा मिति २०७९–०८–१३ गते कलेज परिसरमा सम्पन्न भएको छ।

यस इभेन्टमा हल्ट प्राइजको इतिहास र यसको महत्वका बारेमा प्रकाश पर्नुका साथसाथै यसमा भाग लिँदा ध्यान दिनुपर्ने कुराहरूमा पनि चर्चा गरिएको छ।

हल्ट प्राइज आई एम एस कलेजको पहिलो संस्करण भएतापनि एकदमै सभ्य, भव्य र सफलताका साथ समाप्त हुने आयोजकको भनाई छ।

प्रतिक्रिया दिनुहोस्