समानुपातिकतर्फ १ करोड मत गणना सकियो : कुन दलले कति पाए ?



काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड २६ हजार लाख ९६४ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो स्थानमा रहेको छ । एमालेले २६ लाख ९९ हजार७१८ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५७ हजार ५९६ मतसहित पछ्याइरहेको छ ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४४ हजार ६५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ३२१ मतसहित पछ्याइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार७५६ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९३ हजार ६६२ रहेको छ ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ५४ हजार ३९० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ३५१ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ४१९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्