आत्मघाती आक्रमणमा पाकिस्तानका एक प्रहरीसहित २ जनाको मृत्यु



काठमाडौं । पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ। आक्रमणमा २४ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीलाई लक्षित गरेर आक्रमण भएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेमा एक जना प्रहरी छन्।

विस्फोटमा ३ वडा गाडीमा क्षति पुगेको छ। आतंकवादी समूह तहरिक ए तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनामा निन्दा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्