पुच्छर भएकी छोरी जन्मिइन्



एजेन्सी । मेक्सिकोमा २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन्। उसलाई चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना भएको मानिएको छ ।

पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन्।

यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको २ महिनाभन्दा बढी भइसकेको छ। उनी पूर्ण रुपमा स्वस्थ छिन्।

जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो । यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को २ महिनासम्म निगरानी गरे। यस क्रममा उनीहरुले नवजात शिशु सामान्य बच्चा जस्तै हुर्किरहेको पाए। तौल पनि सामान्य थियो। दिमाग र हृदयमा कुनै समस्या थिएन।

प्रतिक्रिया दिनुहोस्