दुध दुहुने क्रममा भैंसीले हान्यो, घटनास्थलमै मृत्यु



म्याग्दी : भैंसीले हानेर म्याग्दीमा एक जनाको ज्यान गएको छ । बेनी नगरपालिका–६ राउवडामा बिहिबार बिहान भकारोमा दुध दुहुन गएका ३९ बर्षीय पुष्कल सुबेदीलाई भैंसीले हानेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

दुईवटा भैंसी रहेको गोठमा एउटा भैंसीको दुध दुहुएपछि अर्को भैंसीको दुध लिन गएका सुबेदी अचेत अवस्थामा भेटिएका थिए । विहान करिव ५ बजे गोठमा पुग्ने गरेका सुबेदीले दुईवटा भैसीको दुध बेचेर परिवारको गुजरा चलाउने गरेको स्थानीय नारायण शर्माले बताए । 

गाउँका सामाजिक कार्यमा समेत सक्रिय हुने गरेका सुबेदीको मृत्युले गाउँ शोकमग्न छ । मृतक सुबेदीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्