हृदयाघातका कारण वडाध्यक्षको निधन



डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गएराति निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो। बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।

उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको निधन भएको हो। हृदयाघातकै कारण उनको निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए। जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्