सुनसरी-४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की विजयी



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गरेका हुन्।

कार्कीले ३० हजार ४८३ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी कुसियैतले ३० हजार ३७१ मत ल्याए। नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्