स्याङ्जा २ कांग्रेस उपसभापति धनराज गुरुङ १३ सय मतले अगाडि



स्याङ्जा । स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार दिउँसोसम्म कांग्रेस उपसभापति समेर रहेका गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् ।

गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन् । नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्