अब बन्ने सरकार देउवाको नेतृत्वमा : सञ्चार मन्त्री कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन्।

उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए। मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन्। उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए।

‘मैले धेरै काम गरेको छु। त्यसैको आधारमा विजय गराउनुभएको छ’ मन्त्री कार्कीले भने। विजयपछि पनि उनले मतदातासँग यस क्षेत्रमा गर्नुपर्ने कामको विषयमा सुझाव लिने बताए।

प्रतिक्रिया दिनुहोस्