धनराज गुरुङ पद्मा अर्याल भन्दा २ हजार मतले अगाडि



स्याङ्जा । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार गुरुङ एमालेकी पद्मा भन्दा २ हजार छ मतले अगाडि छन् ।

उनले ७ हजार ४ सय ७६ मत प्राप्त गर्दा नेकपा एमालेकी अर्यालले ५ हजार ४ सय ७० मत ल्याएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार एक सय ५३ मत पाएका छन् ।

यसैगरी प्रदेश सभा (क) तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइरहेका छन् । अर्यालले ८ हजार २ सय ५१ मत प्राप्त गर्दा एमालेका मोहन रेग्मीले ६ हजार एक सय ७० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्