एमालेको माग सम्बोधनपछि बाजुरामा मतगणना सुरु



बाजुरा । बाजुरामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजे मतगणना गर्ने निर्णय गरेको हो । त्यसको केही बेरपछि मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगले हिजो रोकिएको मतगणना गणना गर्ने निर्णय गरेको थियो । तर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेपछि मतगणना सुरु हुन सकेको थिएन । एमालेका माग सम्बोधन पछि मतगणना सुरु भएको हो ।

एमालेले मंसिर ४ गते विद्यार्थी नेता चेतन ऐडीका हत्या पक्राउ गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका एमाले कार्यकर्ताहरुलाई रिहाईको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्