एमाले पहिलो हुँदा माधव नेपालको पार्टी थ्रेस होल्ड कटाउने सङ्घर्ष



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ १ करोड ३ लाख ४६ हजार ८ सय १७ मत गणना हुँदा नेकपा एमाले अहिलेसम्म पहिलो दल रहेको छ ।

एमाले फुटाएर नयाँ दल बनेको माधव कुमार नेपालको पार्टी भने थ्रेस होल्ड कटाउनलाई संघर्ष गरिरहेको छ । निर्वाचन आयोगले अपरान्ह ४ः ०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार ६ सय ४८ मत प्राप्त गरी एमाले पहिलो दलभन्दा माधव नेपालको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९३ हजार ९ सय ५ मत प्राप्त गरेको छ।

प्रत्यक्ष निर्वाचनतर्फ सिट भने समाजवादीले १० सिट जितेको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा नेपाली कांग्रेस रहेको छ ।

प्रत्यक्षतर्फ पहिलो भएपनि समानुपातिकतर्फ भने नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार २ सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८४ हजार ९ सय ६९, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ७ सय ५० र जनमत पार्टी ३ लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन्। थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको ३ प्रतिशत ल्याउनु पर्नेछ।

स्थानमा विजयी नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ५ सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार २६ मत प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्