धनराज गुरुङको फराकिलो अग्रता



काठमाडौँ । स्याङ्जा-२ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन्। गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन्।

गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन्। यता, २(१) प्रदेश तर्फ कांग्रेसका भोजराज अर्यालले १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्