पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना ४ को मृत्यु, १० घाइते



पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा ४ जनाको भएको छ। १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्युहुनेमा होमबहादुर राना, यामबहादुर ठाडा, मनसभा बराल र केशरी दराईको घटनास्थलमै मृत्यु भएको हो। उनीहरु सबै स्थानीय बौदीकाली र बुलिंटार गाउँपालिकाका बासिन्दा थिए।

दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ कान्छीपानीमा ग ०४००१ च ०००६ नम्बरको जिप भीरबाट करिब डेढ सय मिटर तल खसेको हो।

प्रतिक्रिया दिनुहोस्