हारेर पनि नकआउट चरणमा स्पेन, जितेर पनि बाहिरियो जर्मनी



काठमाडौं । विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ई’ को बिहीबार भएको खेलमा जापानसँग २–१ गोल अन्तरले पराजित भए पनि स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ। पहिलो खेलमा जित र दोस्रो खेलमा बराबरीको नतिजा निकालेको स्पेनले समूहमा ४ अंक हात पारेको हो।

अन्तिम खेलमा कोस्टारिकामाथि ४–२ गोल अन्तरको जित हारे पनि जर्मनी भने समूहचरणबाटै बाहिरिएको छ। चारपटकको विश्वविजेता जर्मनी लगातार दोस्रोपटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो।

सन् २०१४ को विश्वकप विजेता जर्मनी २०१८ को विश्वकपमा पनि समूह चरणबाटै बाहिरिएको थियो। जर्मनीसँग समान अंक हात पारे पनि गोल अन्तरको आधारमा अगाडि रहँदै स्पेनले उपविजेताको हैसियतमा माथिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो। स्पेनले क्वार्टरफाइनलमा प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया दिनुहोस्