सेञ्चुरीको लाभांश घोषणा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १४ मङ्सिरमा बसेकोे बैंक सञ्चालक समितिको ३७२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँमा ४ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ४५ करोड ३८ लाख १० हजार ६८६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ ।

कर प्रयोजनका लागि चुक्ता पुँजीको ० दशमलव २५ प्रतिशतले हुन आउने रकम ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाँश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १२औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच १५ साउन २०७९ मा संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ, जसअनुरूप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्