एकैदिन तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । आज एकैदिन सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ । बिहीबार हिजो पनि सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार हिजो तोलामा ४० रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्