विश्वकप लिग टु : नेपाल आज नामिबियासँग भिड्दै



काठमाडौं । नामिबियामा (बिहीबार)देखि सुरु आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज पहिलो खेल खेल्दै छ। नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो।

नेपाल र नामिबियाबीचको खेल वाइन्डरस क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो १ : १५ देखि सुरु हुनेछ। शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड छन्। नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ। ती दुवै खेल नामिबियाले जितेको थियो।

६ टोली सहभागी विश्वकप लिग–२ मा नेपाल २० खेलबाट १७ अंकसहित छैटौँ स्थानमा छ। नामिबिया २७ खेलबाट २७ अंकका साथ चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्