हेराल्ड कलेजको दीक्षान्त समारोह



काठमाडौं । हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह-२०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक (ग्र्याजुएट) तह पूरा गरेका ३९६ जनालाई दीक्षान्तको प्रमाणपत्र दिएको थियो ।

त्यसमध्ये ३६१ जना विद्यार्थी बीएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बीएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् । ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षकलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्