घरको छतबाट खसेर भक्तपुरमा १ जनाको मृत्यु



भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एक जनाको युवकको ज्यान मृत्यु भएको छ। मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो।

घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए। घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिक अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्