कार र मोटरसाईकल ठोक्किदा ३ जना घाइते



सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ६ मा भएको सवारी दुर्घटनामा परि ३ जना घाइते भएका छन् । हरिपुर नगरपालिका ६ स्थित नवलपुर-मलंगवन सडक खण्डमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

मलंगवाबाट(नवलपुर तर्फ आएको प्रदेश ३-०१-०२४ च २६४७ नम्बरको कार र नवलपुरबाट मलंगवातर्फ गएको ना ५६ प ४२२६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलका चालक लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष २५ का टोप बहादुरलामा,मोटरसाईकलमा सवार लालबन्दी नगरपालिका ७ कै अन्दाजी वर्ष १६ का द्वारिमा साह र लालबन्दी नगरपालिका ७ कै अन्दाजी वर्ष १७ का कृष्ण राम घाइते भएका हुन ।

मोटरसाईकलमा चालक लामा गंभिर घाईते भएका छन् भने मोटरसाईकलमा पछाडि सवार साह र राम सामान्य घाइते भएको छन् । उनिहरु सबै जनाएको हरिवन स्थित स्वाभिमान अस्पताल प्रा.लिमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक विजय कुवरले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार बिहान करिब ११:३० बजे ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल कारसंग ठोक्किएको हो । कारका चालक सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्