कारागार पुगेर रेशम चौधरीलाई भेटे लोसपाका शरतसिंह भण्डारीले



काठमाडौं । लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले टिकापुर घटनाका दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई भेटेका छन् । भण्डारीले शुक्रबार दिउँसो डिल्ली बजार चारखाल करागार पुगेर चौधरीसँग भेट गरेकका हुन् ।

उनीहरुबीच राष्ट्रिय राजीतिको सबाल र समसामयिक बिषयमा छलफल भएको छ । टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा अदालतबाट सजाय पाएका चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ४ सिट जितेको छ । चुनावी नतिजा लगत्तै विभिन्न दलका नेताले चौधरीसँग भेटघाट बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्