दाङको तुलसीपुरमा एक जेष्ठ नागरिकमाथि खुकुरी प्रहार



दाङ । दाङको तुलसीपुरमा एक जेष्ठ नागरिकमाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर-३ सिस्नेरी निवासी ७० वर्षीय विजुली घर्तीमाथि खुकुरी प्रहार भएको हो ।

सामान्य विवादलाई लिएर स्थानीय जितबहादुर घर्तीले गयराति खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट विजुलीकोे टाउकोमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्