सरकार गठन: माओवादी सबै विकल्पमा तयार



काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । आज शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताएका छन् । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भने, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’

एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भने, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्