बाजुरामा कांग्रेसका बद्री पाण्डे ३८ सय बढी मतले अगाडि



बाजुरा । बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले ३ हजार ८ सय ८७ मतसहितको अग्रता लिएका छन् । पाण्डेले १७ हजार ४० मत ल्याएका छन् भने एमालेका कर्णबहादुर थापाले १३ हजार १ सय ५३ मत ल्याएका छन् ।

पाण्डे ३ हजार ८ सय ८७ मतान्तरले थापाभन्दा अघि छन् । मतदानका क्रममा विवादपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका कार्यकर्ता चेतन अयडीको निधन भएको थियो ।

अयडीको निधनपछि बाजुरामा मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि बाजुरामा बिहीबारदेखि मतगणना सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्