विश्व बजारले रुचायो नेपाली कफी, १ वर्षमा झण्डै १२ करोडको निर्यात



काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढेको छ। स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसँग समतुल्य स्थान बनाउन सफल भएको हुँदा विश्व बजारमा नेपाली कफीको माग बढ्दै गएको हो ।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले अन्य देशको तुलनामा नेपाली उत्पादन उच्च गुणस्तरको भएकाले बर्सेनि निर्यातमा वृद्धि हुँदै गएको बताए। नेपाली उत्पादन कोरिया, जापान, अमेरिका, युरोपेलीलगायत देशमा निर्यात हुने गर्छ भने अस्ट्रेलिया, चीन, इथियोपिया, हङकङ, भारत, कोरिया, कतारलगायत देशबाट कफीको आयात हुने गर्छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ११ करोड ७९ लाख ८५ हजार रुपैयाँको कफी निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब १० करोड ८२ लाख रुपैयाँ बढी हो ।
आ.व. २०७७/०७८ मा नेपालबाट ९ करोड ६० लाख ३ हजार रुपैयाँ बराबरको ७२ दशमलव ४८ मेट्रिक मेट्रिक टन निर्यात भएको थियो । यस्तै, आ.व. २०७६/०७७ मा ५ करोड ७७ लाख २८ हजार रुपैयाँ बराबरको ४६ दशमलव ८९ मेट्रिक टन निर्यात भएको थियो । बोर्डका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएपछि उत्पादन क्षेत्रफल पनि बढ्दै गएको छ।

कफी खेती गर्ने क्षेत्रफल बढ्दै गए पनि उत्पादनमा भने त्यसअनुरूप बढेको देखिँदैन। बोर्डका अनुसार आ.व. २०७५/०७६ मा २ हजार ७६१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएकामा आ.व. २०७८/०७९ मा बढेर ३ हजार ३४३ हेक्टर पुगेको छ ।

आ.व. २०७५/०७६ मा ५३० मेट्रिक टन कफी उत्पादन भएकामा आ.व. २०७८/०७९ मा घटेर ३५५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ। यस्तै, आ.व. २०७६/०७७ मा २ हजार ३६० हेक्टर क्षेत्रफलमा कफी खेती भएकामा आ.व. २०७७/०७८ मा खेती गरिएको जमिन बढेर २ हजार ५२ हेक्टर पुगेको छ । आ.व. २०७६/०७७ मा २९७ मेट्रिक टन कफी उत्पादन भएकामा आ.व. २०७७/०७८ मा १३५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ।

प्रतिक्रिया दिनुहोस्