म आँफै मन्त्री बन्न सक्छु, कसैले बनाउनु पर्दैन : दिपक मनाङे



काठमाडौं । मनाङबाट प्रदेशसभा सदस्यमा विजयी भएका राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ले आफू यतिकै मन्त्री बन्न सक्ने बताएका छन् । मन्त्री बन्नका लागि एकीकृत समाजवादी पार्टीमा नआएको स्पष्ट पार्दै उनले भने ‘म आफैँ मन्त्री बन्न सक्छु ।’

आज (मंगलबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘मन्त्री भनेको ठूलो कुरा होइन,यही पार्टीमा आएर मन्त्री बन्नुपर्छ भन्ने पनि छैन, म यतिकै मन्त्री बन्नसक्छु, । उनले आफूलाई मन्त्रीको ठूल्ठूला अफरहरु आएकोसमेत बताएका छन् ।

स्वतन्त्र विजयी भएका गुरुङले जिल्लाका साथीहरूसँग सल्लाह गरेरै पार्टीमा आएको बताए । उनले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबीसमेत गरेका छन् । मन्त्री कसैले दिएर पाउने चिज नभए मनाङेको भनाई छ । उनले मुख्यमन्त्री दिए पनि नचाहिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्