पशुपति र लुम्बिनी वर्ल्ड बुक्स अफ रेकर्डमा सूचीकृत 



काठमाडौँ: विश्व सम्पदा सूचीको पशुपतिनाथ मन्दिर र वुद्धको जन्मस्थल लुम्बिनी ‘वर्ल्ड बुक्स अफ रेकर्ड लन्डन’ मा सूचीकृत भएका छन् ।

 

‘पशुपतिनाथलाई ऐतिहासिक पुरातात्त्विक महत्त्वको पुरानो मन्दिर र लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीहरूको धरोहर र विश्वमै बढी तीर्थयात्रीहरूले भ्रमण गर्ने तीर्थस्थलको शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको छ,’वर्ल्ड बुक्स अफ रेकर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

उक्त प्रमाणपत्र भारतको लोसभाअन्तर्गतको संसदीय रक्षासम्बन्धी स्थायी समितिका अध्यक्ष कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

 

उक्त प्रमाणपत्र वितरण समारोहमा हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेसनल एक्सिलेन्स अवार्ड’ ले सम्मान गरिएको थियो । ‘पराम्परागत कला र शिल्पीको द्वारिका होटललाई आतिथ्यको क्षेत्रमा गुणस्तरीय सेवा पुर्‍याए बापत वर्ल्डस्टयान्डाइजेसन सर्टिफिकेसन प्रमाणपत्र प्रदान गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्