शिक्षक सेवा आयोग : निम्न माध्यमिक तहको सिफारिस पछि प्राविको नतिजा सार्वजनिक



काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहतृतीय तहको शिक्षक सिफारिस भएपछि मात्रै प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गर्ने भएको छ।

आयोगको अनुसार मावि तहमा नाम निकाल्न सफल भएका शिक्षकहरु निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकोले निमाविमा सिफारिस भईसकेपछि मात्रै प्रावि तहको नतिजा निकाल्ने तयारी गरिएको हो ।

निमाविमा नाम निकाल्ने व्यक्तिले प्राविमा पनि निकाल्दा कम सिफारिस हुन गई कोटा ल्याप्स हुने भएकोले यस्तो गरिएको आयोगले जनाएको छ ।

आयोगले निमावि तह तृतीय तह श्रेणी शिक्षक पदको लागि मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म अन्तर्वार्ता तोकेको छ।

प्रतिक्रिया दिनुहोस्