कैलालीमा भिनाजुले गरे सालाको हत्या



धनगढी । कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने १ जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन् । हसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो ।

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ‍्गानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन्। भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्।

उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डीएसपी जोशीले बताए। मंगलबार राती करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्‍गाना फरार हरेको प्रहरीले जनाएको छ । डीएपी जोशीले फरार भएका ढुङ्‍गानाको खोजीका लागि प्रहरीको दुई वटा टोली परिचालन गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्