विश्वकप लिग २ : आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ । नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो ।

नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ । नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबीया र स्कटल्याण्ड रहेका छन् ।

नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक(एक अंक बाँडेका थिए । अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्