जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन प्रहरीकाे सर्कुलर



काठमाडौँ । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतमा बसेको फूलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ।

अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुङ्गो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाअभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ । बुधवार पत्र पाएका जबराले सर्वोच्चमा हाजिर हुने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्