संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

पेश गरिएको उक्त पत्रमा असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनु पर्ने माग गरिएको सर्वोच्च बार एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्