वीरगञ्ज भन्सार नाकामा थन्किए सयौँ नयाँ गाडी



वीरगञ्ज । वीरगञ्ज भन्सार नाकामा सायौँ नयाँ सवारी साधान थन्किएका छन् । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका हुन्।

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ छन्। आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिती घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलरभन्दा महँगा डिजल तथा पेट्रोल गाडी आयातमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्ध अब मंसिर मसान्तपछि मात्रै खोल्ने सरकारको तयारी छ । आयातकर्ताले पुरानै एलसीबाट भारत तथा तेस्रो मुलुकबाट आयात गरेका सवारी साधन आईसीपी परिसरमा ल्याएर पार्किङ गरी राखेका हुन् ।

बुधबारसम्म आईसीपी परिसरमा ४६० नयाँ कार, ८५ वटा जीप र १ हजार ३०५ वटा बस ट्रक गरी १ हजार ८५० वटा नयाँ सवारी साधन छन् । त्यस्तै ६२८ वटा लोड गाडी आईसीपी परिसरमा पार्किङ गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्