२६ वटा सवारी लाइसेन्स निलम्बन गर्न विभागमा सिफारिस



काठमाडौँ । ट्राफिक प्रहरीले २६ वटा सवारी चालक अनुमती पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५ पटकभन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको हो।

ट्राफिक प्रहरीका अनुसार पटकपटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको हो। ती मध्ये एक जनाले ३८ पटक सम्म नियम उल्लंघन गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्