बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु



पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका अधिकांशमा आउँका किटाणु देखिएको चिकित्सकले बताएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार दूषित पानी, खाना वा सरसफाइका कारणबाट आउँ लाग्ने गर्छ।

मिसन अस्पतालमा उपचार गर्न गएकाहरूको दिसा जाँच गरेको रिपोर्टमा आउँँका किटाणु देखिएको स्वास्थ्यकर्मी तथा चिकित्सकले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

बगनासकाली गाउँपालिकाका-१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका १ सय ५० बढी ३ दिनयता बिरामी परेका छन्। निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए।

प्रतिक्रिया दिनुहोस्