मोरक्कोको यात्रामा हाकिमी : जसले जन्मभन्दा वंशजलाई प्राथमिकता दिए



एजेन्सी, दोहा । कतार विश्वकप, २०२२ मा बलियो टोली स्पेनलाई रोक्दै अगाडि बढ्नका लागि एक स्टार खेलाडीको आवश्यकता मोरक्कोलाई थियो । तनावपूर्ण १२० मिनेटको समयपछि अर्चाफ हाकिमीका लागि अझ बढी तनावको समय आएको थियो । आफू जन्मेको र हुर्केको देशको विरुद्धमा पेनाल्टी प्रहरा गर्न उनी तयार भएका थिए ।

स्पेनमा जन्मिएका रियल म्याड्रिडका पूर्व दायाँ रक्षक हाकिमीका लागि उक्त विश्वकपमा एउटा महत्वपूर्ण निर्णयको आवश्यकता थियो । आप्रवासी मूलका हाकिमीले आफू जन्मेको देश छाडेर आफ्नो पुर्खाको साइनोलाई रोजे । उनको त्यसै निर्णयसँगै मोरक्को पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

उनले सफलतापूर्वक टाइब्रेकरको चौथो प्रहार गोलमा परिणत गरेपछि मोरक्को ३–० ले विजयी भएको हो । स्पेनका ३ वटै प्रहार खेर गएका थिए भने मोरक्कोका ४ मध्येका ३ वटा प्रहार गोलमा परिणत भएका हुन् । निर्णायक समय र अतिरिक्त समय त गोलरहित बराबरीमा सकिएको थियो । मोरक्कोभन्दा पहिले अफ्रिकाबाट क्यामरुन, सेनेगल र घाना विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका थिए । खेलपछि मोरक्कोका प्रशिक्षक वालिड रेड्रिगुइले यो महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

हाकिमीको प्रहार स्पेनका गोल रक्षक उनाई सिमोनलाई पार गर्दै गोलमा परिणत भएको थियो । निर्णायक गोल उनले प्रहार गरे पनि खेलका नायक भने गोल रक्षक यासिक बनाउ बने । स्पेनका २ प्रहार उनले रोकेका थिए भने पाब्लो सर्बियाको प्रहार गोल पोस्टमा लागेको थियो ।

अब्देल हमिद र हकिम जियाचको प्रहार गोलमा परिणत भएपछि हकिमी प्रहार गर्न आउँदा मोरक्को २–० ले अघि थियो । उनकै प्रहारपछि गत सेप्टेम्बरमा मात्र नियुक्त भएका प्रशिक्षक रेग्रयुसहित मोरक्कोका खेलाडीले खुसियाली मनाएका थिए । खेलको समाप्तिपछि मोरक्कोले एउटा इतिहास त कायम गरेको थियो तर फेरि १ पटक स्पेनिस समर्थकको मुटु छियाछिया भएको छ । लागातार दोस्रो पटक विपक्षीले रक्षात्मक खेल खेल्दै टाइब्रेकरमा हराउनु उनीहरूका लागि कम्ती दुर्भाग्य थिएन ।

सन् २००८ देखि २०१२ सम्म स्वर्णिमकाल बिताएको स्पेनले त्यसबीचमा लागातर २ युरोकप तथा सन् २०१० को विश्वकप फुटबलको उपाधि जितेको थियो । ‘स्पेन पक्कै पनि संसारको उत्कृष्ट टोली हो । उनीहरूसँग मुकाबिला गर्ने ढङ्गको खेल स्तर हामीसँग थिएन तर पनि हामीले धैर्य गुमाएनौँ । संसारकै उत्कृष्ट गोल रक्षक हाम्रा सामु थिए । संसारकै उतकृष्ट गोल रक्षक हाम्रा साथमा भएका कारण हामीले त्यसै समयको प्रतीक्षा गरिरहेका थियौँ’, खेलको समाप्तिपछि रेग्रयुले भने ।

खेलको समाप्तिपछि धेरै मोरक्को समर्थकले संसारमा कसैले पनि स्पेनलाई हराउने कुरामा विश्वास नभए पनि सिङ्गो मोरक्कोवासीमा विश्वास रहेको बताएका छन् । यस यात्राका धेरै कथा छन् । तर, १२० मिनेट स्पेनलाई गोल गर्नबाट बञ्चित गर्ने सवालमा स्पेनमै प्रशिक्षित हाकिमी थिए, जसले जन्मलाई भन्दा वंशजलाई प्राथमिकता दिएर एउटा इतिहास त कोरे तर स्पेन समर्थकको मुटुमै प्रहार गरेर ।

प्रतिक्रिया दिनुहोस्