प्रधानमन्त्री देउवा आज गृह प्रदेश धनगढी जाँदै



धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश जाँदै छन् । बिहीबार देउवा सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी जान लागेका हुन्।

धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेको बताइएको छ। देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन्। यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्