गुजरातमा सत्तारुढ दल भाजपाको बहुमत, हिमाचलमा कांग्रेस



एजेन्सी । भारतको गुजरात राज्यमा वर्तमान सत्तारुढ दल भाजपाले अत्यधिक बहुमत ल्याएको छ । पछिल्लो २७ वर्षदेखि गुजरातमा शासन गरिरहेको भाजपाले १८२ सदस्यीय विधानसभामा कम्तीमा १५६ सिट जित्ने देखिएको छ । मतगणना जारी छ ।

भाजपाले १५६ सिटमा अग्रता बनाएको छ । उता कांग्रेस आई भने अघिल्लो चुनावभन्दा खराब स्थितिमा पुगेको छ । कांग्रेसले १७ सिट जित्ने देखिएको छ । उता पहिलोपटक गुजरातमा चुनाव लडेको अरविन्द केजरिवालको पार्टी आम आद्मीले ५ सिट जित्ने देखिएको छ ।

गुजरातमा नराम्रो पराजय भोगेको कांग्रेस आईले हिमाचलमा भने सरकार बनाउने देखिएको छ । हिमाचलका ६८ सिटमध्ये कांग्रेस आईले ३९ सिटमा जित पाउने देखिएको छ । यसअघिको सत्तारुढ पार्टी भाजपा २६ सिटमा सीमित भएर सत्ता गुमाउन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्