माओवादी सेतो कपडा जस्तै हो, हल्का दाग पनि देखिन्छ : राजन दाहाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य तथा सिन्धुलीका सांसद राजन दाहालले माओवादी सेतो कपाडा जसतो भएको बताएका छन् । उनले पार्टी सरकारमा जाने की नजाने भन्ने विषयमा भएको छलफल र बहसको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएको हो ।

सेतो कपडामा हल्का दाग लाग्दा पनि छर्लग देखिए जस्तै माओवादी भित्रको सामान्य कुरा पनि सबैले देखिने गरि बाहिर रहेको बताए । दाहाल पार्टी सरकारमा जानु पर्ने लाइनमा छन् । भने पार्टी भित्रै कै धेरै नेता कार्यकर्ताहरु भने माओवादी लामो समय सरकारमा रहने तर जनताबाट टाढिदै जाने अवस्था भएकाले यो पटक प्रतिपक्षमा बस्नु पर्ने बताइरहेका छन् ।

जनताले सांसदहरुसँग धेरै अपेक्षा गर्ने र त्यो पुरु गर्नका लागि भएपनि सरकारमा सहभागी हुने पर्ने बताए । उनले अहिले माओवादी प्रति जनताको वितिष्णा बढ्नुमा नेता कार्यकर्ताले पार्टीले गरेको कुरा जनतालाई बुझाउन नसक्नुको परिणाम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्